Banner Newsवाग्मती प्रदेशसुरक्षा/अपराध
घरबेटीमाथि बलात्कारको आरोपमा एकजना पक्राउ

युट्यूबमा उछृंखल अन्तरवार्ताहरु दिएर भाइरल हुने प्रयासमा रहेका रविरत्न चुडाल हिजो पक्राउ परेका छन् । ५२ वर्षीया महाराजगञ्ज ४८ (परिवर्तित नाम) ले आफूलाई बलात्कार गरेको भन्दै उनीविरुद्ध जाहेरी दिएकी थिइन् ।
महाराजगञ्ज ४८ को महाराजगञ्जमा रहेको घरमा चुडालले सटर भाडामा लिएर बसेका थिए । उनी फेन्सी स्टोर चलाउँथे । उक्त घरमा घरबेटीको परिवारबाहेक चुडाल मात्रै बस्ने गरेका थिए ।