Banner NewsBanner news (with photo)देशसुदूरपश्चिम प्रदेश
बझाङ उपनिर्वाचनवाट निर्वाचित प्रदेशसभा सदस्य दमन भण्डारीले लिए शपथ
काठमाडौंः बझाङ क्षेत्र नं. (१) उपनिर्वाचनबाट नेकपा एमालेवाट बिजयी सुदूरपश्चिम प्रदेशसभा सदस्य दमन भण्डारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सभामुख भीमबहादुर भण्डारीले आज उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
गत वैशाख १५ गते भएको उपनिर्वाचनमा नेकपा एमालेका दमन भण्डारी ११ हजार ६१२ मतसहित विजयी भएका थिए । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २६७ मतले पछि पार्दै बिजयी भएका हुन् ।
सिंहले ११ हजार ३४६ मत प्राप्त गरेका थिए । २०७९ को निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित नेपाली कांग्रेसका प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको गत वर्ष केदारस्यू गाउँपालिकामा सडक दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन भएको हो ।