मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
सुर्खेतकाे मालपोत कार्यालय आगलागी – Shivalaya TV
Banner Newsकर्णाली प्रदेशसूचना / प्रबिधि

सुर्खेतकाे मालपोत कार्यालय आगलागी

सुर्खेत- मालपोत कार्यालय सुर्खेतमा आगलागी भएको छ । प्रहरीका अनुसार वीरेन्द्रनगर–७ स्थित मालपोत कार्यालयको जिन्सी (स्टोर) कोठामा शनिवार साँझको समयमा आगलागी भएको हो ।

आगलागीबाट जिन्सी शाखामा रहेको काठ र स्टिलको २५ कुर्सी, २ वटा स्टिलको दराज, एउटा जेनरेटर र पुरानो मोटरसाइकल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिनु भयो ।

उहाँले एक्कासि आगो लागेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र वीरेन्द्रनगर नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको बताउनु भयो । आगो कसरी लाग्यो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको उहाँको भनाई छ ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker