रामेछाप “चौकीटार”आगलागीमा परी एक युवतीकाे मृत्यु
रामेछाप नगरपालिका–८ चौकीटारमा घर आगलागी हुँदा घरभित्र रहेकी एक युवतीको जलेर मृत्यु भएको छ। बिहीबार दिउँसो घर नजिकै जंगलमा लागेको आगो अकस्मात घरमा सल्किँदा घरभित्र रहेकी रामेछाप नगरपालिका–८ चौकीटारकी वर्ष ३२ की रमिता तामाङको जलेर मृत्यु भएको हो । जंलगमा लागेको आगो हावाको बेगसँगै घरमा सल्कँदा खरको छाना भएको दुईवटा घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।
सोही घरमा रहेका ४८ वटा बाख्रा पनि आगलागीमा परी जलेर मरेका छन्। जंगलमा अहिले पनि भिषण आगलागी भइरहेकाले थप घटना हुनसक्ने रामेछाप नगरपालिका–८ का वडा अध्यक्ष सन्तोष कुमार तामाङले जानकारी दिए । उनका अनुसार अहिले उक्त घटनास्थलमा प्रहरी चौकी रामेछाप डाँडावाट प्रहरी पुगेका छन् । मृतक रमिताको शव पूर्णरुपमा जलेको छ। उनको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल लगिएको छ। अहिले घटनास्थलको अवस्था भयावह रहेको अध्यक्ष तामाङले बताए