मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
आज अन्तर्राष्ट्रिय श्रमिक दिवसः – Shivalaya TV
Banner Newsताजा समाचारदेशबि.बि.सि.विश्व

आज अन्तर्राष्ट्रिय श्रमिक दिवसः

काठमाठडौंः श्रमिक शव्दको अर्थ भन्नाले समान्यतया श्रम गर्ने भन्ने बुझिन्छ। व्यवहारमा श्रमिक भन्नाले ज्याला अथवा रोज लिएर अर्काको काम (ढुंगा-मूढाको, भारी बोक्ने आदि) गरिदिने व्यक्तिलाई भनिन्छ यसलाई अङ्ग्रेजीमा लेबर (Labourer) भनिन्छ।

आज मे १ तारिख, १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक/मजदुर दिवस । ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान मूल नाराका साथ आज अन्तर्राष्ट्रिय श्रमिक दिवस भव्यताका सात मनाईंदैछ । सन् १८८६ मा आठ घन्टा आराम नारासहित शुरु भएको मजदूर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाउने गरिन्छ ।

विश्व भरका मजदुर आज मे १ तारिख श्रमिक दिवसलाई पर्वका रुपमा लिँदै आफ्ना हकअधिकारको लागि आफ्नो सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी संचालन मनाउन थालिएको छ ।

२०४६ सालको राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसका दिन सार्वजनिक बिदा दिन थालिएको थियो । आज पनि नेपाल सरकारले नेपालभर सार्वजनिक बिदा दिएको छ । दिवसका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न दलका नेताहरुले शुभकामना व्यक्त गरी श्रम गर्ने वातावरणसँगै रोजगारी र उत्पादनमा लाग्नुपर्नेमा जोड दिएका छन् ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker