मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
केदारनाथको शिर भनेर चिनिने श्री डोलेश्वर महादेव – Shivalaya TV
Banner NewsBanner news (with photo)देशपर्यटनवाग्मती प्रदेश

केदारनाथको शिर भनेर चिनिने श्री डोलेश्वर महादेव

काठमाडौं-९ उपत्यकाको भक्तपुरमा रहेको श्री डोलेश्वर महादेवलाई (नेवारी) मा ‘सिपारे माद्यो भन्ने गरेको पाईन्छ । डोलेश्वर महादेवको नाम भौगोलिक अवस्थाअनुसार नामाकरण भएको हामिले अनुमान गर्न सकिन्छ । डोलेश्वर पर्वत शृङ्खलाको दक्षिण भागमा डोल परेको पहाडको काखमा रहेको यो शिवलिङ्गलाई प्राचीनकालमा कुन नामले पुकारिन्थ्यो भन्ने कुरा भने अनुमान गर्न सकिएको छैन ।कालान्तरमा यो शिवालयको नाम ‘डोलेश्वर’ रहेको प्रमाण यसै मन्दिर परिसरमा रहेको विक्रमसम्वत् १६२९ को राजा भूपतिन्द्र मल्लले स्थापना गरेको शिलालेखबाट त्यो समयभन्दा अगाडिदेखि नै डोलेश्वरको नामले चिनिँदै आएको बुझ्न सकिन्छ।

डोलेश्वर महादेवको दर्शन गर्न नेपाली भन्दा भारतीय नागरिकहरू बढी आउने गरेको त्यहाँका पुजारीले बताए। ती पुजारीका अनुसार महिनामा दुईदेखि तीन सयजना भारतीय हिन्दू धर्मावलम्बीहरू आउने गरे पनि नेपालीहरूको सङ्ख्या भने निकै न्यून रहेको उनले बताए । सरकारले पनि डोलेश्वर महादेवको संरक्षण, विकास र प्रचारप्रसारका लागि कुनै कदम नचाल्नुले पनि यो तीर्थस्थल छायाका परेको ती पुजारीको भनाई छ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker