अब स्नातक तहका प्रश्नपत्रहरु अंग्रेजी र नेपाली दुबै भाषामा
त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने गरी तयारी गरेको जानकारी गराएको छ।
परीक्षामा प्रश्नपत्र अङ्ग्रेजी माध्यममा मात्र सोधिने गरेको र अधिकांश क्याम्पसमा नेपाली माध्यमबाट पठनपाठन गर्ने गरेको हुँदा विद्यार्थीलाई परिक्षामा धेरै मात्रामा असहज भएको आवाज उठेपछि विश्वविद्यालयले सो को तयारी गरेको भनि सूचना जारी गरेको छ ।
त्रिभुवन विश्वविद्यालय राजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले सूचना जारी गर्दै प्राज्ञिक परिसद् स्थायी समितिको मिति २०८०\१२\१५ बसेको बैठकले त्रिभुवन विश्वविद्यालयवाट लिईने बार्षिक परीक्षा प्रणाली अनुसारका सबै संकायहरुको स्नातक तहका प्रश्नपत्रहरु तयार गर्दा अंग्रेजी र नेपाली दुबै भाषामा आगामी प्रथम बर्षको परिक्षा देखि नै अनिवार्य रुपमा लागु हुने गरी क्रमसः दोस्रो तेस्रो चौथो बर्षमा लागु हुने गरी निर्णय गरिएको भनी त्रिभुवन विश्वविद्यालय राजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले सूचना जारी गरेको छ ।
सूचना तस्विरमा हेर्नुहोस्