मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
त्रि.वि.ले उत्तरपुस्तिका हराएको प्रति विद्यार्थी संगठन अनेरास्ववियुले जनायो विरोध – Shivalaya TV
Banner NewsBanner news (with photo)ताजा समाचारदेशशिक्षा

त्रि.वि.ले उत्तरपुस्तिका हराएको प्रति विद्यार्थी संगठन अनेरास्ववियुले जनायो विरोध

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीहरुको उत्तरपुस्तिकाहरु हराएको नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले विरोध गरेको जनाएको छ ।
त्रिभुवन विश्वविद्यालयले २०८० वैशाखमा सञ्चालन गरेको स्नातक तह प्रथम वर्षको स्वास्थ्य तथा जनसंख्या विषयका १६५ थान तथा फाउन्डेसन अफ एजुकेसनका १७६ थान उत्तरपुस्तिका हराएको भनेको थियो ।
नतिजा सार्वजनिक गर्ने समयमा पटक पटक उत्तरपुस्तिका हराउने, पुनः परीक्षा लिनेजस्ता क्रियाकलापलाई त्रिभुवन विश्वविद्यालयले गैरजिम्मेवारपूर्ण लिएको भन्दै अनेरास्ववियुको त्रिवि जिल्ला कमिटीले विद्यार्थीहरुको भविष्यमाथि गम्भीर संकट हुने गरेको बताएको छ ।
अनेरास्ववियुको त्रिवि जिल्ला कमिटीका अध्यक्ष समीरराज विष्टले परीक्षा नियन्त्रण कार्यालयबाट पटक पटक यसैगरी उत्तरपुस्तिका हराउने गरेका उक्त घटना र परीक्षा नियन्त्रक एवं कर्मचारीहरुको गैरजिम्मेवारपनाको छानबिन गरी दोषीलाई कानून बमोजिम कारबाही होस् भनि माग गरेका छन् ।
अनेरास्ववियुको विज्ञप्तिमा भनिएको छ
नेपाली विद्यार्थी आन्दोलनको शक्तिशाली विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), त्रिवि जिल्ला कमिटी त्रिभुवन विश्वविद्यालयमा शैक्षिक तथा प्राज्ञिक वातावरण चुस्तदुरूस्त बनाउन सक्रिय रहेको यहाँहरूमा अवगत नै छ ।
यसै सन्दर्भमा मिति २०८० साल बैशाख महिनामा सञ्चालित स्नातक तह प्रथम बर्षको Pop-422 Population and Health बिषयको १६५ थान र Foundation of Education-412 बिषयको १७६ थान उत्तरपुस्तिका हराएको घटनाप्रति अनेरास्ववियु त्रि.वि. जिल्ला कमिटी गम्भीर भर्त्सर्ना गर्दछ । एकातर्फ परीक्षा सञ्चालन भएको एक बर्ष सम्म पनि परीक्षाको नतिजा सार्वजनिक गर्न नसक्नु र अर्कोतर्फ परीक्षार्थीले दिएका उत्तरपुस्तिका हरायो भन्नु परीक्षा नियन्त्रण कार्यालयको गम्भीर लापरबाही, हेलचक्रयाँई र अकर्मण्यताको पराकाष्ठा हो । विश्वविद्यालयमा अययनरत लाखौं विद्यार्थीहरूको शैक्षिक भविष्य नै अन्योलता तर्फ धकेल्न उद्दत देखिएका मध्येको एकः परीक्षा नियन्त्रण कार्यालयको यो किसिमको लापरबाही पहिलो पटक भने होइन । नतिजा सार्वजिक गर्ने समयमा बारम्बार उत्तरपुस्तिका हराउने, पुनः परीक्षा लिने जस्ता गैरजिम्मेवारपूर्ण क्रियाकलापले समग्र त्रिभुवन विश्वविद्यालयको प्राज्ञिक गरिमा र विद्यार्थीहरूको भविष्यमाथि गम्भीर सङ्कटको सङ्केत पैदा गराएको छ । यसअघि विभिन्न चरणमा अनेरास्ववियुले उठान गरेको पेपरलेस र प्रविधिमैत्री पनिका, सेवामा विकेन्द्रीकरण, शैक्षिक क्यालेण्डर निर्माण तथा कार्यान्वयन लगायतका मुद्दाको वेवास्ता गर्नु नै यस्ता क्रियाकलाप घट्नुका प्रमुख कारण हुन । परीक्षा नियन्त्रण कार्यालयबाट पटकपटक भइरहेको चरम लापरबाही, परीक्षा समितिको अध्यक्ष (रजिष्ट्रार) तथा परीक्षा नियन्त्रक एवम् कार्यरत कर्मचारीहरूको गैरजिम्मेवारीपना, उदासिनता र ढिलासुस्ती गर्ने प्रवृतिप्रति तत्काल छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन समेत अनेरास्ववियु त्रिवि जिल्ला कमिटी आग्रह गर्दछ अन्यथा उक्त गतिविधिमा सङ्लग्न सबैलाई अनेरास्ववियु आफैले कारबाही गर्ने चेतावनी समेत दिन चाहान्छ ।
यसका साथै नेपाल सरकारले त्रिवि को उपकुलपति नियुक्त गरेको महिना दिन बितिसक्दा पनि शिक्षाध्यक्ष र परीक्षा समितिको अध्यक्ष समेत रहने रजिष्ट्रार नियुक्ति गर्न नसक्नुले पनि नवनियुक्त उपकुलपतिबाट विश्वविद्यालयको प्रशासनिक र प्राज्ञिक नेतृत्व असम्भव रहेको देखिन्छ । विश्वविद्यालयमा नियुक्ति गर्न बाँकी पदाधिकारी र सेवा आयोगलाई समेत पूर्णता नदिएर देशमा दक्ष जनशक्ति उत्पादन गर्ने त्रिभुवन विश्वविद्यालयको धरातल नै समाप्त पार्न देखा परेका विश्वविद्यालय भित्रका भाइरसहरूको अन्त्य गर्न समेत नेपाल सरकार समक्ष अनेरास्ववियु त्रिवि जिल्ला कमिटी अनुरोध गर्दछ ।
पुनश्चः हाम्रो यस मागलाई वेवास्ता गरिएको खण्डमा अनेरास्ववियुका थप सशक्त आन्दोलन गर्न बाध्य हुने र आन्दोलनबाट निम्तने परिस्थितिको सम्पूर्ण जिम्मेवारी विश्वविद्यालय रहने कुराको चेतावनी समेत दिन चाहन्छौं ।
हेर्नुहोस् अनेरास्ववियू विज्ञप्ति :

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker