Banner News
कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्दा ६ जनाको मृत्यु ।
बिहान ५ बजे धादिङकाे गजुरी गाउँपालिका-५ घाटबेशीस्थित पृथ्वी लोकमार्गबाट लु २ ख २१२१ नम्बरको यात्रुबाहक बस त्रिशुलीमा खस्दा ६ जनाको मृत्यु भएको छ भने ३७ जनाको सकशुल उद्धार गरिएको छ ।
बस पृथ्वीराजमार्गबाट करिब एक सय मिटर तल त्रिशूली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएको बताइएको छ ।