फेसबुक, इन्स्टाग्राम विश्वभर नै अबरुद्ध ।
![](https://shivalayatv.com/wp-content/uploads/2024/03/1000017101-1-780x470.jpg)
बिश्वको सबैभन्दा प्रख्यात मेटा मातहतका सोसल मिडिया प्लाटफर्म फेसुबक, इन्स्टाग्राम विश्वभर नै अवरुद्ध भएका छन् । यो सँगै करोडौँ प्रयोगकर्ताहरुले यी प्लाटफर्ममा रहेका आफ्ना खातामा लगइन गर्न सकेका थिएन्न ।
नेपाली समय अनुसार बेलुकी करीब ९ बजेतिर एक्कासी यी प्लाटफर्मका अकाउन्ट लगआउट भएका छन् । त्यसपछि लगइन गर्न खोज्दा पनि प्रयोगकर्ता सफल भएका छैनन् । कुनै पनि खाता खाेल्न सकेका छैनन् । फेसबुकको आन्तरिक श्रोतलाई उधृत गर्दै डेलीमेलले जनाए अनुसार यसअघि कम्पनीको आन्तरिक प्रणालीहरु पनि अबरुद्ध भएका थिए र सोही कारण विश्वभर नै मेटाका सोसल मिडिया प्लाटफर्महरु डाउन भएका हुन् । र सङै फेस्बुक मेसेन्जर पनि अबरुद्ध भएको छ ।मेटाले समस्या आएको बताएपनि के भएको हो भनेर यकिन जानकारी दिएको छैन । ‘हामी सचेत छौं कि प्रयोगकर्ताहरूलाई हाम्रा सेवाहरू प्रयोग गर्न समस्या भइरहेको छ। हामी अहिले यसमा काम गरिरहेका छौं, मेटाका प्रवक्ता एन्डी स्टोनले सोशल मिडिया साइट एक्समा मंगलबार भनेका छन् । उनको ट्वीटको केहीबेरमा समस्या समाधान भएर सम्बन्धित सबै सोसियल साइटहरु सुचारु भएका छन् ।