मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
तपाईको बच्चा स्कुल जान नमान्नुको कारण के हो त । – Shivalaya TV
Banner NewsBanner news (with photo)जिवनशैलीफिचरबिचारशिक्षा

तपाईको बच्चा स्कुल जान नमान्नुको कारण के हो त ।

काठमाडौं।
सरस्वती पुजाको उपलक्ष्यमा धेरै बच्चाहरुलाई स्कुल भर्ना गरेको देख्न सकिन्छ ।
अहिले शुरु शुरुमा धेरै बालबालिका स्कुल जाने बेला झगडा गर्छन्, रोइकराइ गर्छन् ता कि आफु विद्यालय जान नपरोस भनेर स्कुल नजानका लागि विभिन्न बहाना बनाउन शुरु गर्छन बच्चाहरु बच्चा स्कुल जान नमान्दा अभिभावकलाई चिन्ता हुन्छ, जबर्जस्ती स्कुल पठाइदिन्छन् । वा बच्चाहरुलाई फकाई चक्लेटको लत सम्म बनाई विभिन्न बहानामा विद्यालय पठाउन बाध्य हुन्छन ।
तर किन स्कुल जान मान्दैनन् बालबालिका ? किन बालबालिका स्कुलप्रति आकर्षित हुँदैनन् ? कतै बालबालिकालाई स्कुलमा समस्या त परिरहेको छै भन्ने कुरामा अविभागकमा ध्यानै पुगेको हुँदैन । बालबालिकाको पढाइ घरबाट सुरुवात भएको हुन्छ, त्यसैले उनीहरूलाई स्कुल पठाउनुअघि अभिभावकले बालबालिकाको पढाइमा सहयोग, केही तयारी गर्नुपर्छ । बच्चा किन स्कुल जान मान्दैन भन्ने कुरा बुझ्नु आवश्यक हुन्छ ।

जब बच्चा स्कुल जान मान्दैन जान खोज्दैनन्, विभिन्न बहाना बनाउँछ थाल्छन भने त्यसको पछि विभिन्न कारण हुन्छन् । घरमा घरपरिवारसँग मात्र घुलमिल
भईरहेको बच्चा एक्कासि अर्को वातावरणमा घुलमिल हुन समस्या पक्कै नै हुन्छ, त्यसैले गर्दा पनि बच्चा स्कुल जान नमान्ने एक कारण हो भने बालवालिकालाई स्कुल पुग्नेबित्तिकै बच्चालाई लेख्न, पढ्न लगाइन्छ। अर्को बच्चाहरुलाई पढाईलेखाई भन्दा विभिन्न खेल्ने कुरामा बढी रुची हुन्छ विभिन्न खेल्ने कुराको माध्यमवाट बालवालिकालाई पढ्न शुरुवात गरे भने बालवालिकालाई स्कुल पर्ति उनिहरुको रुचि बढ्न जान्छ ।
अविभावकले घरमा बच्चालाई खाना ख्वाउदा वा विभिन्न कुरामा कार्टुन देखाएर विभिन्न मोबाईलमा ल्याप्टप जस्ता कुरामा भिडियोहरु देखाएर खाना ख्वाउने बानि बसालेको हुन्छ । ता कि बच्चाहरुले विध्यालयमा त्यो वातावरण पाउँदैनन् त्यसैले पनि विद्यालय जान रुचि राख्दैनन् ।
बच्चालाई उचित उमेर नपुगि हामिले स्कुल पठाउँदा पनि स्कुल जान मान्दैनन् । किनभने बच्चालाई आफुलाई आउने भन्दा क्षमता भन्दा माथिको पढाँउदा बच्चालाई उक्त कुराको ज्ञान कम हुन्छ । सँगैको साथिलाई आउँदा आफुलाई नआउदा सिक्षक/सिक्षिकाले गर्ने व्यवहार पनि फरक हुन्छ त्यस कारण पनि बच्चाहरु स्कुल जान मान्दैनन् ।
अविभावले आफ्नो बच्चालाई विद्यालय पठाउदा निम्न कुरामा ध्यान दिन आवश्यक देखिन्छ ।
स्कुलको लागि आवश्यक सामग्री किन्न बच्चालाई साथै लिएर जाने जाँदा बच्चा उत्साहित हुन्छन।
बच्चालाई स्कुल लगेपश्चाित विभिन्न नयाँ ठाउँमा घुम्न जान आवश्यक हुन्छ ।
स्कुलको सम्पुर्ण वारेमा बच्चालाई जानकारी गराउन आवश्यक हुन्छ । ता कि बच्चा स्कुलमा एक्लै भएको महसुस नहोस् । बच्चालाई सकुलमा रहेको सम्पुर्ण वारेमा बताउनु पर्छ अन्य साथिहरुसँग घुलमिल हुनुपर्छसँगै खानाहरु खानुपर्छ भनेर जानकारी दिदा बच्चालाई विद्यालयमा सहज महसुस हुन्छ । यति कुरामा ध्यान दिदा बच्चालाई सहजता पूर्वक स्कुल पठाउन सकिन्छ ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker