Banner Newsशिक्षा
त्रि. विको ४९ औं दीक्षान्त समारोह आज दशरथ रंगशालामा हुदै ।
त्रिभुवन विश्वविद्यालयको ४९ औं दीक्षान्त समारोह आज सोमबार हुँदैछ। त्रिविले यसपटक दीक्षान्त समारोह त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गर्ने भएको छ।
यसअघि पुल्चोक क्याम्पसमा दीक्षान्त समारोह हुँदै आएको थियो। ठाउँ साँघुरो भएकाले त्रिविले रंगशालामा दीक्षान्त समारोह आयोजना गरेको हो।
समारोहमा सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेल पनि सरिक हुनुहुने छ ।
यसैबीच दीक्षान्त समारोहमा सहभागी हुने अतिथि, अभिभावक र दीक्षित हुने विद्यार्थीहरूको सवारीसाधन व्यवस्थापनका लागि विश्व निकेतन स्कुल, वर्ल्ड ट्रेड सेन्टर, त्रिपुरेश्वर, राष्ट्रिय खेलकुद परिषद्को कार्यालय गरी छुट्टाछुट्टै ठाउँ तय गरेको छ ।