मिति: २१ माघ २०८१, सोमबार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
अनलाइन जुवा खेल्ने/खेलाउने २४ जना पक्राउ – Shivalaya TV
Banner NewsBanner news (with photo)Uncategorizedअर्थतन्त्रअर्थव्यवस्थाखेलकुदवाग्मती प्रदेशसुरक्षा/अपराध

अनलाइन जुवा खेल्ने/खेलाउने २४ जना पक्राउ

पक्राउ पर्नेमा १० भारतीय र १४ नेपाली

काठमाडौं, २१ माघ
अनलाइन जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा १० भारतीय र १४
नेपाली नागरिक गरी २४ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न अनलाइन गेम्सहरू अन्तर्गत बेटिङ साइटहरूको प्रयोग गरी अनलाइन जुवा
खेल्ने खेलाउने कार्य भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध
अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले
ललितपुर महानगरपालिका-२ सानेपास्थित २ वटा घर भाडामा लिई उक्त कार्यमा संलग्न
उनीहरूलाई पक्राउ गरेको हो ।
साथै प्रहरीले उनीहरूको साथबाट मोबाइल ५७ थान, ल्यापटप १३ थान, एटिएम
कार्ड ३४ थान, सिमकार्ड ८८ थान, चेक बुक १२ थान, आधार कार्ड ८ थान र राहदानी ६
थान समेत बरामद गरेको छ ।
उनीहरूले ३ अर्व ४ करोड ७३ लाख ५६ हजार ६ सय १२ रूपैयाँ बराबरको अनलाईन
जुवा कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर
ललितपुर पठाइएको छ ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker