Banner NewsBanner news (with photo)जिवनशैलीसुरक्षा/अपराध
करिब २ ग्राम लागु औषध (खैरो हेरोईन) सहित १ जना पक्राउ
![](https://shivalayatv.com/wp-content/uploads/2024/12/1000032708-720x470.jpg)
जिल्ला प्रशासन कार्यलय कैलालीका अनुसार मंसिर २४ गते, मिति २०८१।०८।२३ गते १७:४५ बजेको समयमा जिल्ला कैलाली टिकापुर नगरपालिका वडा नं. ०९ खक्रौला पुल नजिककैको कार्यालय मातहत प्रहरी चौकी कालाकुण्डाबाट प्र.ना.नि. बिशन दत्त भट्टको कमाण्डमा खटिगएको प्रहरी टोलीले भारतबाट नेपाल आउदै गरेको अवस्थामा जिल्ला कैलाली टिकापुर नगरपालिका वडा नं. ०६ नारायणपुर बस्ने वर्ष २० को बिशाल चौधरीलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट १ ग्राम ९४० मिलिग्राम लागु औषध (खैरो हेरोईन) जस्तो देखिने धुलो पदार्थ फेलापारी बरामद गरी निज बिशाल चौधरीलाई समेत नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय टिकापुरमा राखि थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ ।
![](https://shivalayatv.com/wp-content/uploads/2024/12/10000327058582884674004464757-300x220.jpg)