Banner Newsजिवनशैलीफिचरवाग्मती प्रदेश
बालेन शाहको फोटोसहितको टिसर्ट लगाएका समर्थकहरु प्रहरी नियन्त्रणमा
काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह बालेनको फोटोसहितको टिसर्ट लगाएर पुगेका समर्थकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बसन्तपुर क्षेत्रमा मंगलबार हुने इन्द्रजात्रामा प्रमुख बालेन शाहको फोटो र बालेन लेखिएको टिसर्ट लगाएर बसन्तपुर पुगेका १० जना समर्थकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
स्थानीय बासिन्दासँग विवाद भएपछि उनीहरूलाई बसन्तपुर दरबारबाट अगाडिबाट हटाएर प्रहरी वृत्त जनसेवामा लगिएको प्रहरीले जनाएको छ ।