Banner Newsजिवनशैलीराजनीतिवाग्मती प्रदेशस्थानीय तह
एमालेकी सांसद पक्राउ गर्न प्रधानमन्त्रीलाई बालेनको दबाब
![](https://shivalayatv.com/wp-content/uploads/2024/09/1000028734-780x470.jpg)
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्-
´वहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा , वहाँ ले बिगत ८ वर्ष देखी बन्दी बनाएर , एक जना नबालिकालाई घरेलु कामदार को नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूप मा कुटपिट गर्दै आउनु भएको छ । काठमाडौं महानगर ले बिगत २ महिना देखी कारबाही अगाडी बढाउनु भन्दा पनि यो सरकार ले समाएको छैन । अदालतले पनि मुद्दा चलाउ भनेर भनी सकेको छ ।
सम्माननिय प्रधानमन्त्री खड्ग प्रसाद ओली ज्यु ,
सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउन लाई भन्दछ ।
सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना दिदै एक लाख घोषणा गर्नु नै होला ।
कहिले समाउने ?? कि नसमाउने ??`
![](https://shivalayatv.com/wp-content/uploads/2024/09/10000287335204701733458133044-300x263.jpg)