Banner NewsBanner news (with photo)कर्णाली प्रदेशजिवनशैली
खस भाषाको उद्गम थलाे : सिंजा
खस भाषाको उद्गम थलो पश्चिम नेपालको कर्णाली प्रदेशमा जुम्ला अवस्थित सिंजा उपत्यका हो। सिंजा उपत्यका मध्ययुगीन समयमा खस राज्यको केन्द्र थियो। त्यहीँबाट खस भाषा विकसित हुँदै नेपाली भाषा बनेको मान्नेता छ । खस राजाहरूको राजधानी रहेको सिंजामा खस भाषा, संस्कृत, साहित्य र सभ्यताको विकास भएको मानिन्छ।
खस भाषालाई आजको नेपाली भाषाको आदिम रुप मानिन्छ, र यो भाषा संस्कृतबाट प्रभावित भएको थियो। सिंजामा खस राज्यको प्रभावले गर्दा यो भाषा सम्पूर्ण पश्चिम नेपालको प्रमुख सञ्चार माध्यमको रूपमा स्थापित भएको पनि छ । त्यसपछि, खस भाषाले समयसँगै विकास गरी आधुनिक नेपाली भाषामा परिवर्तन भएको हो।
सिंजा उपत्यका ऐतिहासिक र सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण स्थल हो, जसले नेपाली भाषाको विकासमा महत्वपूर्ण भूमिका खेलेको छ। केहि तस्बिर हरु ।