मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
पहिरोमा आफू मरेर बसका यात्रु जोगाएका चालकका परिवारलाई ५ लाख रुपैयाँसहित सम्मान गरिँदै – Shivalaya TV
Banner Newsताजा समाचारसुरक्षा/अपराधस्वास्थ्य

पहिरोमा आफू मरेर बसका यात्रु जोगाएका चालकका परिवारलाई ५ लाख रुपैयाँसहित सम्मान गरिँदै

चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलो भन्ने ठाउँमा माथिबाट खसेको ढुंगा लागेर ज्यान गुमाएका बस चालक मेघनाथ विकको परिवारलाई सरकारले नगद ५ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ ।

भदौ ३ गते मनाइने विश्व मानवीय दिवसको अवसरमा गृहमन्त्री रमेश लेखकले विकको परिवारलाई नगदसहित सम्मान गर्ने भएका हुन् ।

संयुक्त राष्ट्रसंघको आह्वानमा विश्व मानवीय दिवस अगष्ट १९ मा विश्वभर मनाइन्छ । यस दिन प्राकृतिक विपद्को बेला खोज, उद्धार तथा जीवन रक्षा लगायतका काममा उत्कृष्ट योगदान गरेकाहरुको स्मरण गर्दै उनीहरुलाई सम्मान गरिन्छ ।

गत असार २८ गते चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सत्रकिलो भन्ने ठाउँमा पहिरोसँगै खसेको ढुंगा लागेर बस चालक नवलपरासी सुनवल नगरपालिका–४ बस्ने ३६ वर्षीय मेघनाथ विकको मृत्यु भएको थियो ।

यो दिवस यस वर्ष नेपाल सरकारले सुर्खेतमा कार्यक्रम गरी मनाइँदै छ ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker