नेपाली कांग्रेसको बैठक सम्पन्न, सुशील कोइरालालाई श्रद्धाञ्जली
![](https://shivalayatv.com/wp-content/uploads/2024/08/1000027465-780x470.jpg)
ललितपुर, : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा सम्पन्न गरेको छ । श्रावण २३ गतेदेखि बसेको बैठकमा विभिन्न ११ वटा प्रस्ताव माथि छलफल भएको बताएको छ ।
बैठकमा नेपाली कांग्रेसका पूर्व पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री स्व. सुशील कोइरालाको जन्मजयन्तीकाे अवसरमा श्रद्धासुमन अर्पण गरिएको थियाे । स्व. कोइरालाको योगदान, विशेषगरी नेपालको संविधान जारी गर्न निर्वाह गरेको काङ्ग्रेसले मान्दै आएको छ ।
बैठकमा विभिन्न केन्द्रीय सदस्य चित्रलेखा यादव, डा. मिनेन्द्र रिजाल, एन.पी. साउद, सुजाता परियार, प्रदीप पौडेल, सरिता प्रसाई, रामजनम चौधरी, डा. गोपाल दहित, मधु आचार्य, उमेशजंग रायमाझी, अर्जुनजंग बहादुर सिंह, रामहरि खतिवडा, विनोदकुमार चौधरी, रंगमती शाही, नानु बास्तोला, माया राई, रूपा वि.क. र अनिलकुमार रुंगटाले आ–आफ्नो धारणा राखेका थए ।
त्यसैगरी, कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारी, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही र ऊर्जा, जलश्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले पनि बैठकमा आफ्नाे भनाई राखेका थिए ।
![](https://shivalayatv.com/wp-content/uploads/2024/08/10000274657114496955615076387-1024x566.jpg)