Banner Newsकोशी प्रदेशसुरक्षा/अपराध
अविरल वर्षा : सोलुदुधकुण्ड-ओखलढुङगा सडक पहिरोले अवरुद्ध, यात्रुहरू समस्यामा
जिल्ला । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका – ११ सल्लेरी – ओखलढुङगा सिद्दिचरण लोकमार्ग अविरल वर्षाका कारण पहिरोले अवरुद्ध भएको छ । पहिरोका कारण सडकमा सवारी आवतजावत पूर्ण रूपमा राेकिएका छन् जसले गर्दा यात्रुहरू ठुलो समस्या परेका छन् ।
सडक डिभिजनका कर्मचारी र नेपाल प्रहरीले तत्काल पहिरो हटाउन लागेका छन् । उनीहरू अत्यावश्यक सेवा सुचारु गर्न सडकमा भएका ठूलाठूला ढुंगा र माटोको थुप्राहरु, हटाउन खटिएका छन् ।