ढाकामा प्रदर्शनकारीहरूले प्रधानमन्त्री शेख हसिनाको सरकारी निवास कब्जा गरेकाछन
बंगलादेकाे ढाकामा विरोध प्रदर्शनकारीहरूले बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको सरकारी निवास कब्जा गरेका छन्। शेख हसिना आफ्नै निवासबाट भागेपछि प्रदर्शनकारीहरूले यो कदम उठाएका हुन्। हालैका महिनाहरूमा शासकीय कोटा प्रणालीको विरोधमा सुरु भएका प्रदर्शनहरू हसिनाको राजीनामा माग गर्दै व्यापक भएका थिए। गत आइतबारको घटनामा मात्र ९४ जना मानिसको मृत्यु भएको छ, जसमा १४ जना प्रहरी अधिकारी पनि समावेश थिए। यो घटना जुलाईको सुरुमा सुरु भएका विरोध प्रदर्शनहरूमा हालसम्मकै सबैभन्दा घातक दिन साबित भएको छ [❞]
प्रदर्शनकारीहरूले सरकारी निवास कब्जा गरेपछि सेना प्रमुखले देशमा अन्तरिम सरकार गठन गर्ने घोषणा गरेका छन्। शेख हसिनाले सुरक्षा कारणले देश छाडेको खबर आएको छ, उनी हेलिकप्टरमार्फत देश छाडेको बताइएको छ। बंगलादेशको स्थिति अहिले निकै अस्थिर छ र जनताले सेनाको नेतृत्वमा विश्वास राख्न भनिएको छ [❞] [❞]।साेत स्थानीय मिडिया तथा सामाजिक सञ्जाल ।