Banner NewsBanner news (with photo)जिवनशैलीदेशफिचरराजनीतिसूचना / प्रबिधि
प्रधानमन्त्रीको गणनामा सर्वसाधारण पनिः सामाजिक सन्जाल कि वास्तविकता ?
प्रधानमन्त्री खड्गप्रसाद ओलीको सामाजिक सन्जालको सक्रियता
काठमाडौं १३
प्रधानमन्त्री खड्गप्रसाद ओलीले सर्वसाधारणका जनगुनासालाई सामाजिक सन्जाल मार्फत आफुले प्राप्त गरेको र महसुस गरेको भनी पोष्ट्याउनुभएको छ । प्रधानमन्त्रीले आफ्नो फेसबुक पेज KPSharmaOli मा लेख्नुभएको छ “
जीपी आचार्यजी, नमस्कार !
तपाईंले सामाजिक सञ्जालमा दिनु भएको वक्तव्य हेरें । यसमा तपाईंले अलिकति स्वच्छ आलोचना गर्नु भएको छ, मलाई अलिकति सुझाव पनि दिनु भएको छ र आशा पनि राख्नु भएको छ । यस्तो स्वच्छ आलोचना र सुझावले हामीलाई काम गर्न बाटो देखाउँछ ।
हो, तपाईंले चिठ्ठीमा लेख्नु भएका कुरा तपाईंका मात्रै होइनन्, हजारौं युवाहरुका प्रतिनिधि समस्या हुन् । यहाँ केही गर्न खोज्दा नसकेर धेरै युवा देश बाहिर हुनुहुन्छ । हामी यहीं रोजगारी सिर्जना गर्ने, यहीं उद्यमशीलता बढाउने र आफ्नै देशमा दुःख गरेर खुशीसाथ परिवारसँग बस्ने वातावरण बनाउन खोजिरहेका छौं । यसका लागि विगतमा पनि काम गर्यौं । हामीले जति गर्नु पर्ने थियो, त्यति गर्न सकेनौं । केही पनि काम नभएको होइन, हुनुपर्ने जति भएन । यसका लागि म अरुलाई दोष दिन्नँ । पहिले यहीं रोजगारी सिर्जना गर्न, यहीं उद्यमशीलता बनाउन आधार खडा गरौं भनेर लागिरहेका छौं ।
तपाईंजस्तै युवासँग सुझाव लिएर, उहाँहरुको भावना बुझेर काम गर्न चाहन्छु । सबैका समस्या सुन्छु । एकैपटक गर्न नसकिएला, तर हामी आफ्ना पाइलालाई त्यसतर्फ नै चालिरहेका छौं । तपाईंको परिवारजन र बालवच्चामा मेरो स्नेह छ, माया छ । तपाईंले गर्नु भएको परिश्रम र मेहनतलाई मेरो सम्मान छ ।” भन्दै लेख्नुभएको छ।
यो पष्ट भन्दा पहिले कक्षा १० मा पढ्ने कृष्ण तामाङले प्रधानमन्त्रीको व्यक्तिगत फेसबुकमा गरेको म्यासेजलाई फेसबुक मार्फत बाहिर ल्याउनुभएको छ उक्त म्यासेमा लेखिएको कुरा तल हेर्न सक्नुहुने छ ।
उक्त पोष्टहरु देख्दा प्रधानमन्त्री ओली फेसबुकमा सक्रिय छन् र जनताले उनको व्यक्तिगत म्यासेजहरुमा पनि समय दिन्छन भन्ने सोच्न सकिन्छ ।
तस्विरहरु प्रधानमन्त्रीको फेसबुकवाट
तस्विरहरु प्रधानमन्त्रीको फेसबुकवाट