Banner Newsताजा समाचारप्राविधिक समाचार
हावाहुरीले आधा दर्जन भन्दा बढी आन्तरिक उडान डाइभर्ट
काठमाडौं उपत्यकामा सोमबार साँझ एक्कासि हावाहुरी चलेपछि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन्।
हावाहुरीकै कारण काठमाडौंतर्फ आइरहेका सातवटा आन्तरिक उडान डाइभर्ट भए भने काठमाडौंबाट विराटनगर र भैरहवा जाने तीनवटा फ्लाइट रद्द भएका छन्।
डाइभर्ट भएका उडानहरू बुद्ध एयर, श्री एयरलाइन्सलगायतका हुन्। बुद्ध एयरको नेपालगन्ज, जनकपुर, विराटनगर र भैरहवाबाट काठमाडौंतर्फ आइरहेको वायुयान डाइभर्ट भएको त्रिभुवन विमानस्थलले जनाएको छ।
बुद्धका भैरहवाबाट उडेका दुईवटा फ्लाइट डाइभर्ट भएका हुन्। यस्तै, श्री एयरलाइन्सको सुर्खेत र धनगढीबाट आइरहेका जहाज पनि डाइभर्ट गरियो