मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
‘रेलको बाटो’को अपार सफलताको तीन वर्षपछि गायक सुरज पण्डितको अर्को काेशेलि ‘रातो किताब’ – Shivalaya TV
Banner Newsचलचित्र खबरजिवनशैलीमनोरञ्जनसफलताको कथा

‘रेलको बाटो’को अपार सफलताको तीन वर्षपछि गायक सुरज पण्डितको अर्को काेशेलि ‘रातो किताब’

कर्णालीका कथा व्यथा समेटेर ल्याएका म्यूजिक भिडियो ‘रेलको बाटो’को अपार सफलता प्राप्त गरेको तीन वर्षपछि गायक एवम सर्जक सुरज पण्डितले अर्को कोशेली ‘रातो किताब’ सार्वजनिक गरेका छन् । याे गित कर्णालीकाे कथा मा आधारित रहेकाे छ र  छायांकन  पनि कर्णालीकाे डाेल्पा मा गरिएको थियो ।
यो गीत बजेट र अर्थनीति सँग सम्बधित एउटा सरकारी किताबलाई इंगित गर्दै पण्डितले दोस्रो पटक कर्णालीको कथा व्यथा समेटिएको ‘रातो किताब’ म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् । म्यूजिक भिडियोमा स्वर गायक पण्डितकै रहेको छ भने लिरिक्स र म्यूजिक पनि उनकै रहेको छ । लिरिक्स करेक्सर रमेश दाहालले गरेको गीतमा म्यूजिक एरेन्ज उदयराज पौडेल, मिक्सिङ मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका हुन् भने असिस्टेन्ट मिक्सिङको काम किरण सुनारले गरका छन् ।
रेकडिस्ट कमल मगर र गोविन्द अनेक, गितार अनुप दास, सारंगी हेमन्तकान्छा रसाईली रहेको गीत प्रिज्मा स्टुडियोमा रेकर्ड भएको हो । माता त्रिपुरासुन्दरी मिडिया हव प्रालीको उत्पादन तयार पारिएको म्यूजिक भिडियो निर्देशन लक्ष्मण सुनारले गरेका हुन भने अभिनय लक्ष्मण देवकोटा, सुस्मिता कुँवर र बसन्त उदासको रहेको छ ।सुरज पण्डित र लक्ष्मण देवकोटाकफ प्रस्तुतीमा नयाँ गीत ‘रातो किताब’ सार्वजनिक भएको छ। पण्डितकै स्वर, शब्द र संगीतमा उक्त गीत सार्वजनिक भएको छ। सर्टिक अर्थमा भन्ने हो भने रातो किताब एउटा सरकारी किताब हो जुन विशेषत: बजेट र अर्थनीति सँग सम्बधित रहेको पण्डितको अफिसियल युट्युब पेजमा लेखिएको छ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker