Banner Newsराजनीति
केपी ओलीलाई देउवाले सोधे- अहिलेसम्म मदन भण्डारीको हत्यारा किन पत्ता लागेन
![](https://shivalayatv.com/wp-content/uploads/2024/04/1000020244-780x470.jpg)
नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भने-
‘कांग्रेसलाई गाली गर्नेले मदन भण्डारीको हत्यारा अहिलेसम्म पत्ता लगाउन सकेको छैन । हुँदाहुँदा उहाँको ड्राइभर पनि मारियो । त्योसम्म अहिलेसम्म पत्ता लगाउन सकेको छैन’, देउवाले भने, ‘मदन भण्डारी हाम्रो नेता हो, त्यसमा दुईमत छैन । तर मार्नेको पत्ता किन लागेन ? त्यसकारण कांग्रेसको विरोध गर्न सजिलो होला गर्नुस् केही छैन । तर आफ्नो पनि भन्नुपर्यो नि । किन मदन भण्डारीको हत्यारा पत्ता लागेन ?’,