बैशाख, ८ काठमाडौं ।
उपन्यासकार जीवन जीवन्तको उपन्यास कृति ‘चरैवेति’को लोकार्पण गरिएको छ ।
शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा आख्यानकार नयनराज पाण्डे, लेखक भुवनहरि सिग्देल, समीक्षकद्वय डा. अशोक थापा र सुमन वर्षाका साथ सुनपकुवामा. वि.मोरङका संस्थापक प्रधानाध्यापक प्रेमचन्द्र सापकोटाले कृति लोकार्पण गरेका थिए ।
‘नेपाली उपन्यासमा अधिआख्यान’शीर्षकमाविद्यावारिधि गरेका उपन्यासकार जीवन-जीवन्त उपन्यास विधामाआधारित रहेर डेढ दशकदेखि सक्रियखोज अनुन्धाता एवम् समालोचकहुन् ।
‘चरैवेति’उपन्यासको लोकार्पणपछि परिसंवाद कार्यक्रम गरिएको थियो । नयनराज पाण्डेको प्रमुख आतिथ्यमा उपन्यासकार जीवन्त, डा. अशोक थापा र सुमन वर्षाबीच भएको परिसंंवादमा कवि महेश क्षितिजले सहजीकरण गरेका थिए ।
उपन्यासकार जीवन्तले केहीव्यक्तिगत जीवनका सन्दर्भ र वर्तमान सामाजिक राजनीतिक परिवेशमा उब्जिएका प्रश्नहरूको समाधानका लागि समालोचना विधाबाट आख्यान क्षेत्रमाआएको विचार व्यक्त गरेका थिए । उनले धर्म परिर्वतन गरेपछिको ब्यक्तिको मानसिकता र नेपालमा आदिबासी जनजातिहरूको पहिचान सङ्कटमा इसाईहरूको भूमिका जस्ता सन्दर्भबाट उब्जिएका प्रश्नहरूको अनुसन्धानबाट यो उपन्यास सिर्जना भएको बताए । समीक्षक थापाले धर्मपरिर्वतनको विषय उठान गरी चरैवेतिउपन्यासले नेपालीउपन्यास परम्परामा नवीनआयाम थप गरेको विचार व्यक्त गरे । बाइबलग्रन्थको भौतिकवादी समाजशास्त्रीय व्याख्या गरी तिनका विरोधाभासलाई विषयबनाई उपन्यासकारले चुनौती उठाएको धारणा पनि प्रस्तुतगरे । सुमन वर्षाले पूर्वी नेपालको भौगोलिक परिवेशमा किपट क्षेत्रको इतिहास र झोरा फाँडेर बस्ती बसेको सन्दर्भलाई सजीव ढङ्गले उपन्यासमा प्रस्तुतगरिएको विचार व्यक्त गरिन् ।
उनले यस उपन्यासको नवीन ज्ञान र सत्यको खोजीकालागि निरन्तर अघि बढिरहनुपर्छ भन्ने भाव ग्रिसेलीमिथकओडिसीसँग सादृश्य रहेको धारणा प्रस्तुतगरिन् । परिसंवाद कार्यक्रममा उठेका सन्दर्भहरूलाई संश्लेषण गर्दै प्रमुखअतिथि पाण्डेले उपन्यासमा सामान्य कमी कमजोरी भएपनि यसले उठान गरेको विषय समय सान्दर्भिक र नवीन विषय भएको बताए । सुन्दर कला संयोजन रहेकाले २०८० सालको उत्कृष्ट कृति भएको धारणा व्यक्त गरे ।
उक्तकार्यक्रममा सुनपकुवा माध्यमिक विद्यालय, मङ्गलबारे मोरङका पूर्व विद्यार्थीहरू कातर्फबाट अवकाश प्राप्त प्रधानाध्यापक प्रेमचन्द्र सापकोटालाई अभिनन्दन गरी ताम्रपत्र पनि प्रदानगरिएको थियो । तीनदशकभन्दा लामो समयसम्म शिक्षा क्षेत्रमा सेवा गरेका अवकाशप्राप्त प्र.अ. सापकोटाले आफ्ना विद्यार्थीहरूले गरेको प्रगति र उन्नति देख्न पाएकोमा ठुलो आनन्द मिलेको धारणा व्याक्त गरे ।