मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
काँग्रेसले टुंग्यायो, उम्मेदवार इलाम- २ मा  खड्का र बझाङ -१ (१) मा सिंह । – Shivalaya TV
Banner Newsराजनीतिसुदूरपश्चिम प्रदेश

काँग्रेसले टुंग्यायो, उम्मेदवार इलाम- २ मा  खड्का र बझाङ -१ (१) मा सिंह ।

आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले उम्मेदवार टुंङ्गाे लगायकाे छ । 

आज सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको संसदीय बोर्डको बैठकले इलाम- २ मा डम्बर खड्का र बझाङ -१ (१) मा अभिषेक सिंहलाई उठाउने निर्णय गरेको हो ।

यसअघि जिल्लाबाट सिफारिस भएकामध्ये कसलाई उम्मेदवार बनाउने भन्नेमा कांग्रेसका दुई गुटबीच हानथाप थियो । इलाम- २ को टिकटका आकांक्षी संस्थापन खेमाका खड्का र शेखर कोइराला गुटका भेषराज आचार्यले अडान नछोडेपछि उम्मेदवार टुंगो लगाउन हिजो र अस्ति बसेको बैठकले निर्णय गर्न सकेको थिएन । 

तर,आज सभापति देउवाले प्रस्ताव गरेको खड्काको नाम बैठकले अनुमोदन गरेको छ ।

यता, बझाङको टिकट हात पार्न अभिषेक सिंह र जगत जोशीबीच मुख्य प्रतिष्पर्धा थियो । अन्तिममा बैठकले देउवा पक्षकै सिंहलाई उम्मेदवार बनाएको छ । 

निर्णयअघि सभापति देउवाले बूढानीलकण्ठ निवासमा बोलाएर उम्मेदवारका आकांक्षीसँग सामूहिक छलफल गरेका थिए ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker