Banner Newsकोशी प्रदेशराजनीति
गृहमन्त्री लामिछाने र खेलकुदमन्त्री श्रेष्ठ इलाम पुगे ।
![](https://shivalayatv.com/wp-content/uploads/2024/03/1000018954-780x470.jpg)
इलाम-२ मा बैशाख १५ गते प्रतिनिधि सभाको उपनिर्वाचन हुँदैछ । त्यसका लागि राजनीतिक दलहरुले सम्पूर्ण शक्ति त्यता केन्द्रित गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका शीर्षस्थ नेताहरुलाई सो क्षेत्रमा परिचालन गरेको छ । नेकपा एमाले र नेपाली कांग्रेसको बाहुल्यता रहेको सो क्षेत्रमा रास्वपाले निर्वाचन जित्ने रणनीति अख्तियार गरेको देखिन्छ ।
त्यसैका लागि आज पार्टी सभापति रवि लामिछानेसहितको टोली सो क्षेत्रमा होमिएको छ ।