मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
बिहान मनतातो पानी खानुका फाइदाहरु – Shivalaya TV
Banner NewsBanner news (with photo)जिवनशैलीस्वास्थ्य

बिहान मनतातो पानी खानुका फाइदाहरु

पानी स्वस्थ जीवनका लागि अपरिहार्य छ । भनिन्छ, हाम्रो शरीरमा कुल तौलको ६० प्रतिशत पानी भनिएको छ । शरीरमा पानीको कमी हुँदा यसले विभिन्न रोग अप्ठेराहरु निम्याउँने गर्छ । स्वास्थ्य विज्ञहरूका अनुसार एक स्वस्थ्य मानिस हुनको लागि एकजना मानिसले दैनिक ८ देखि १० गिलास सम्म पानी पिउन आवश्यक हुन्छ ।
तर पानी पिउने भन्ने बित्तिकै एकैचोटी धेरै मात्रामा पानी भने पिउनु हुँदैन् । यसको लागि पनि उपयुक्त समय आवश्यक छ । प्रायः मानिसहरू दिउँसोको समय अधिक पानी पिउने गरेको देखिन्छ । तर बिहान खाली पेटमा मनतातो पानी पिउनु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्ने गर्दछ ।
चिसो पानी भन्दा मनतातो पानी शरीरका लागि फाइदाजनक हुने गर्दछ । बिहान मनतातो पानी पिउनाले पाचन प्रक्रियामा मद्दत पुग्ने गर्छ । त्यसैले खाली पेटमा मनतातो पानी पिउने बानी बसाल्नु स्वास्थ्यका लागि फाईदाजनक हुने गर्दछ । खाली पेटमा एक गिलास मनतातो पानी पिउनाले पाचन प्रणालीलाई स्वस्थ राख्ने गर्दछ । दैनिक बिहान पानी पिउने बानीले ग्यास, कब्जियत र पेट फुल्ने जस्ता समस्याबाट मुक्ति लिन सकिन्छ।
स्वास्थ्य विज्ञहरूका अनुसार खाली पेटमा तातो पानी पिउनाले भोक पनि बढ्छ । यसैगरी टाउको दुख्ने, कब्जियत हुने समस्या र थकान छ भनेपनि बिहान मनतातो पानी पिउने बानीले सो समस्याबाट केहि मात्रामा सहजता लिन मिल्छ ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker