मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
२०८१ उप निर्वाचन किन हुँदै छ ? – Shivalaya TV
Banner NewsBanner news (with photo)कोशी प्रदेशराजनीतिसुदूरपश्चिम प्रदेश

२०८१ उप निर्वाचन किन हुँदै छ ?

किन हुँदै छ त उप निर्वाचन ईलाम र बझाङ्गमा

इलाम: निर्वाचन आयोगले इलाम-२ र बझाङ्ग-१ को उपनिर्वाचन मिति तोके लगत्तै दलहरू आन्तरिक गृहकार्यमा जुटेका छन्। एमाले नेता सुवास नेम्वाङको निधनपछि रिक्त भएको प्रतिनिधि सभाको सिटमा लागि वैशाख १५ मा ईलाममा उप-निर्वाचन हुँदैछ।
उप-निर्वाचनको मिति तय भए लगत्तै नतिजा आफ्नो पक्षमा पार्न एमाले र कांग्रेस, रास्वपासहितका जिल्ला तहका नेताहरू आन्तरिक गृहकार्यमा जुटेका छन्।
२०७९ को निर्वाचनमा नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी हुँदा खड्काले २९ हजार ९०६ मत ल्याएका थिए। कांग्रेसबाट खड्का नै उम्मेदवार बन्ने देखिन्छ।
संविधानसभा अध्यक्ष, प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष समेत रहेका सुवासचन्द्र नेम्वाङ्गको हृदयघातबाट निधन भएको हो। काठमाडौंको बालुवाटर बस्ने उनलाई हृदयघात भएपछि महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो। अस्पतालमा पुर्‍याउँदा उनको निधन भइसकेको स्रोतले जनाएको थियो ।

बझाङ्गः लामो समय पश्चात सुदूरपश्चिम सरकारको मन्त्रिमण्डल विस्तार गरेको थियो ।
जसअन्तरगत माओवादीबाट दुई मन्त्री, एकजना राज्यमन्त्री र कांग्रेसबाट एक मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका थिए ।
नवनियुक्त मन्त्रीहरूले भ्याएसम्म प्रदेशको अवस्थामा सुधार ल्याउने समेत बताएका थिए ।
मन्त्रीमा नियुक्त भएका तीन जना मन्त्रीहरू मध्ये बझाङको निर्वाचन क्षेत्र नम्बर १ को (१) बाट निर्वाचित पृथ्वीबहादुर सिंह सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्री बनेका बनेका थिए ।
सिंह कानुनकै विद्यार्थी भएकाले प्रदेशको हित हुने नीति निर्माणमा जोडहुने कुरालाई मध्यनजर गर्दै उनले आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी पाएका थिए ।
नेपाली कांग्रेसवाट उम्मेद्वारी लिई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी पाएका सिंहले २०८० असारमा धनगढीबाट परिवार सहित बझाङ जादै गरेका मन्त्री पृथ्वी बहादुर सिंह सवार गाडी दुर्घट्ना परेको खबर प्राप्त भएको थियो । केदारस्यु गाँउपालिका–१ मा गाडी दुर्घटनामा परी मृत्यु भएको थियो । त्यसैकारणले अहिले हाल बझाङ्गको क्षेत्र नं.२ मा उपनिर्वाचन हुने भएको हो ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker