Banner NewsUncategorizedताजा समाचारराजनीति
एमालेको मुख्य सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल चयन ।
![](https://shivalayatv.com/wp-content/uploads/2024/03/409080620_2188370874845359_1158532878785790218_n-780x470.jpg)
(नेकपा) एमाले संसदीय दलको मुख्य सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल चयन हुनुभएको छ । नेकपा एमाले दलका अध्यक्ष एवं संसदीय दलका नेता केपी ओलीले उहाहरूलाई आज उक्त जिम्मेवारी दिएका हुन्।
यसअघि प्रमुख सचेतक रहेका पदम गिरी सोमबार नवगठित मन्त्रिपरिषदमा सदस्य भएपछि सचेतक बर्तौलाले नयाँ जिम्मेवारी पाएका हुन्।
बर्तौला मकवानपुर-२ बाट प्रत्यक्ष निर्वाचित भएर आएका सांसद हुन् । प्रमुख सचेतक बनेका बर्तौला र सचेतक बराल दुवैजना अनेरास्ववियुको राजनीति गरेर आएका युवा नेता हुन् ।