Banner Newsवाग्मती प्रदेशस्वास्थ्य
काठमाडौं महानगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप हुँदा ११ जना घाइते
काठमाडौं महानगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप हुँदा ११ जना घाइते भएका छन्।
बुधबार साँझे साढे सात बजे महानगर प्रहरी उपरीक्षक मनोज लामिछानेको टोली फुटपाथ व्यवसाय हटाउन जाँदा दुई पक्षबीच झडप भएको हो।
झडपमा ६ जना फुटपाथ व्यवसायी र ५ जना नगर प्रहरी घाइते भएका छन्।
धरहरा अगाडि बसेका फुटपाथ व्यवसायी हटाउने क्रममा उक्त घटना भएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।
स्वरोजगार व्यवसायी संघकी माया गुरूङले नगर प्रहरीको टोलीले फुटपाथ व्यवसायीसँग धरपकड गरेको बताइन्।
‘नगर प्रहरीको ठूलो टोली आएको थियो,’ उनले भनिन्, ‘जबर्जस्ती गरेपछि प्रतिकारमा उत्रिँदा लाठिचार्ज भयो र घाइते भएको हो।’
घाइते फुटपाथ व्यवसायीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको उनले बताइन्।