Banner NewsBanner news (with photo)अर्थतन्त्रविजनेश
आईपीओमा आवेदन दिने आज अन्तिम दिन
सर्वोत्तम सिमेन्ट लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
सर्वोत्तम सिमेन्ट लिमिटेडले फागुन १३ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज फागुन १६ गते अर्थात (02/28/2024) अन्तिम दिन रहेको छ। कम्पनीले प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात कम्पनिले सर्वसाधारणका लागि आईपीओ खुल्ला गरेको हो।
कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको कारण कम्पनिले शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो । कम्पनीको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनु पर्नेछ। लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनु पर्ने देखिन्छ भने अधिकतममा १० हजार कित्तासम्मका लागि सर्वसाधारणले कम्पनिको आईपिओमा आवेदन दिन सक्नेछन् ।