मिति: २१ माघ २०८१, सोमबार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
विश्वभाषा क्याम्पसमा खुल्यो नयाँ भर्ना, कुन कुन भाषा पढाइन्छ ? – Shivalaya TV
Banner Newsजिवनशैलीताजा समाचारदेशफिचरबि.बि.सि.शिक्षा

विश्वभाषा क्याम्पसमा खुल्यो नयाँ भर्ना, कुन कुन भाषा पढाइन्छ ?

काडमाडौं । त्रिभुवन विश्व विद्यालयको आंगिक क्याप्स विश्वभाषा क्याम्पसले नयाँ भर्ना खुल्ला गरेको छ । काठमाडौको प्रदर्शनीमार्गमा रहेको उक्त क्याम्पसले जर्मन, फ्रेन्च, चिनियाँ, हिब्रु, रसियन, अरबिक, कोरियन, इटाली, जापानीज, स्पेनिस, प्रारम्भिक अंग्रेजी र लेखन अंग्रजी भाषाहरुको नयाँ भर्नाका लागि फारम खुल्ला गरेको छ ।

यि मध्ये कुनै एक भाषा पढ्न इच्छुक विद्यार्थीहरुले तोकिएको समय भित्र आवेदन फारम भरी क्याम्पसमा प्रकाशित सूचना अनुसार भर्ना हुन समेत सूचित गरेको छ ।

भर्नाको फारम लिने र बुझाउने मिति २०८१ पुस १६ गतेदेखि पुस २९ गते बिहान ११ः०० देखि दिउसो २ बजे सम्म रहेको छ । विश्वभाषा क्याम्पसमा भर्ना हुन अंग्रेजी लेखन वाहेक सबै भाषाको लागि एस.एल.सी. वा एस.ई.ई. मा कम्तीमा “C” Grade प्राप्त वा सो सरह उर्तीर्ण भएको हुनुपर्ने, अंग्रेजी लेखनको लागि त्रि.वि.वाट स्नातक वा सो सरह उर्तीण भएको हुनुपर्ने समेत सूचनामा जानकारी गराएको छ ।

आवेदन फारम दर्ता गर्न आउँदा अनिवार्य रुपमा सक्कल प्रमाणपत्र देखाई प्रतिलिपि रुजु गराउनुपर्ने तथा अन्य कुनै जानकारीको लागि क्याम्पस प्रशासन शाखामा सम्पर्क गर्न समेत क्याम्पसले अनुरोध गरेको छ ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker