मिति: २१ माघ २०८१, सोमबार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
भोली र पर्सि पानी पर्नेः सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोधः – Shivalaya TV
Banner NewsBanner news (with photo)कृषिजिवनशैलीबि.बि.सि.

भोली र पर्सि पानी पर्नेः सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको अनुरोधः

भोली र पर्सि पानी पर्ने सम्भावना सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ ।

 

११ पुष, काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली (Western Disturbance ) को कारण शुक्रबारको साँझबाट नेपालको धेरै स्थानहरूमा आंशिक देखि साधारणतया बदलीको सम्भावना रहेको, सो प्रणालीको प्रभावका कारण शुक्रबार अपरान्ह देखि मिति २०८१ पुस १३ गते (शनिबार) सम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थानहरुमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरू र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा गण्डकी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञन विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ ।

वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरुलाई समेत अनुरोध गरेको छ ।

साथै उक्त मौसम प्रणालीको असरले तापक्रम समेत घट्न गई चिसो बढ्न सक्ने सम्भावना समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker