समाजसेवामा केन्द्रित स्थानिय युवा
पौष ६ बझाङ्ग:- लामो समयदेखि अरूको घरको गोठमा बसोवास गर्दै आउनुभएकी बझाङ्ग जिल्ला, केदारस्यु गाउँपालिका वडा नं. २ जुब की हरिकला देवी लुहार र धौली देवी लुहारको लागि अस्थायी टहराको निर्माण गरी केदारस्यु गाउँपालिकाका समाजसेवी, राजनीतिज्ञ तथा अभियानता कवि रावलको अध्यक्षतामा निजको प्रमुख विशेष पहलमा वडा अध्यक्ष शेरबहादुर बिष्ट र गाउँपालिकाकी उपाध्यक्ष मनिषा धामीको सक्रिय सहयोगले आज हरिकला देवी लुहार र धौली देवी लुहारले आजवाट भने गोठको बास छोड्ने प्रशान्त भण्डारीले हामिलाई जानकारी दिनुभएको छ।
उक्त सहयोगले पीडित परिवारलाई सुरक्षित आश्रय प्रदान गर्नुका साथै उनीहरूको जीवनमा नयाँ आशा र उत्साह थपिएको छ । यो कार्यले सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ र सम्पुर्ण गाउँपालिका टिमलाइ हार्दिक हार्दिक समेत व्यक्त गर्दै युवाहरुले हरिकला देवी लुहार र धौली देवी लुहारलाई अस्थाई टहरा हस्तान्तरण गरेका छन् ।
समाजसेवी कवि रावलले विगत देखि नै समाजमा विभिन्न गाह्रो भएका मुद्दाहरुमा समेत गाउँपालिका समक्ष लिएर वा युवाहरुवाट समाधान हुने समस्याहरुमा समेत सहयोग गर्दै आएका छन् ।
भण्डारीले भने रावलले बझाङ्ग केहि समय अगाडी मात्रै आएको वाडीको समयमा समेत उनि समाजसेवामा खटिदै सहयोग गर्दै आएका छन् ।
स्रोत:- प्रशान्त भण्डारी स्थानिय युवा समाजसेवी