Banner NewsBanner news (with photo)चलचित्र खबरताजा समाचारमनोरञ्जन
‘पुष्पा २’ को ट्रेलर सार्वजनिक
मंसिर २ काठमाडौं । अल्लु अर्जुन र रश्मिका मन्दाना भएको भारतीय फिल्म ‘पुष्पा २ ’को धमाकेदार ट्रेलर सार्वजनिक भएको छ । भारतको पटनास्थित गान्धी मैदानमा आयोजित भव्य समारोहमा ट्रेलर सार्वजनिक गरिएको छ ।
सुपरस्टारहरु अल्लु अर्जुन र रश्मिकाको उपस्थितिमा एक्सनप्रधान ट्रेलर प्रस्तुत गरिएको छ । यो फिल्म ५ डिसेम्बर अर्थात् २० मंसिरमा रिलिज तयारीमा रहेको छ ।
यो फिल्मको पहिलो भागले नेपालमा समेत निकै कमाइ गरेको थियो । दोस्रो भागले विश्वभर राम्रो कमाइ गर्ने विश्लेषण गरेका छन् ।