Banner Newsखेलकुद
साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै, नेपाललाई ईतिहास रच्ने मौका
साफ (दक्षिण एसियाली फुटबल महासङ्घ) च्याम्पियनसिपको उपाधिका लागि बुधबार नेपाल र बंगलादेश भिड्दैछन् । दुबै टोली उपाधि जित्ने लक्ष्यका साथ बुधबार साँझ मैदानमा उत्रिनेछन् ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ ६:३० बजेबाट सुरु हुनेछ ।
सन् २०१० मा बंगलादेशबाट सुरूआत भएको साफ च्याम्पियनसिपमा नेपाल ५ पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । जारी सातौँ संस्करणको साफ च्याम्पियनसिपमा भारतलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको घरेलु टोली नेपालसँग बंगलादेशलाई पाखा लगाउँदै उपाधि चुम्ने अवसर छ ।