मिति: २१ माघ २०८१, सोमबार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
तपाई बैदेशिक रोजगारीमा जादै हुनुहुन्छ भने यि कुरामा ध्यान दिनुहोस् – Shivalaya TV
Banner NewsBanner news (with photo)अर्थतन्त्रजिवनशैलीताजा समाचारपर्यटनप्राविधिक समाचार

तपाई बैदेशिक रोजगारीमा जादै हुनुहुन्छ भने यि कुरामा ध्यान दिनुहोस्

कतै तपाई ठगिदै त हुनुहुन्न यि कुराहरुवाट बच्नुहोस् ।

काठमाडौं । हाल नेपालमा बढ्दो बेरोजगारीका कारण नेपालवाट बैदेशिक रोजगारीका लागि विदेश पलाएन हुनेको संख्या बढ्दो छ र ठगिनेको संख्या पनिस बढ्दो क्रममा रहेको छ । सामान्यतया बैदेशिक रोजगारीका लागि जाने नेपाली नागरिकले ठगिनवाट जोगिन केहि उपयहरु अवलम्बन गर्न आवश्यक छ ।

नेपालबाट वैदेशिक रोजगार ठगीबाट जोगिन केही महत्त्वपूर्ण कदमहरू चाल्न आवश्यक छ यदी तपाई बैदेशिक रोजगारीमा जादै हुनुहुन्छ भने वैदेशिक रोजगार विभाग (Foreign Employment Department) बाट दर्ता भई मान्यता प्राप्त मेनपावर कम्पनी छनौट गरी हाल नेपालमा धेरै मात्रामा अनधिकृत एजेन्ट वा म्यानपावर कम्पनीहरूबाट जोगिन सकिन्छ । बैदेशिक रोजगारीको लागि शुल्क तिर्दा सबै सर्तहरू (जस्तै: तलब, काम गर्ने समय, सुविधाहरू) स्पष्ट रूपमा उल्लेख भएको लिखित सम्झौता गर्नु पर्ने हुन्छ ता कि तपाई विदेश गएर अलपत्र पर्नसक्ने समस्यावाट बाँच्न सकिन्छ ।

पर्यटन भिसामा विदेश गएर काम गर्नु गैरकानुनी पूर्ण कार्य हो यसरी पर्यटन भिसामा विदेश गई काम गर्नु गैरकानूनी कार्य हो कसैले तपाईलाई पर्यटन भिषामा पठाई काम लगाईदिन्छु भनि आश्वासन देखाएमा तपाईले यसमा विश्वास नगर्नुहोला र यसले ठूलो जोखिम निम्त्याउँछ, र ठगीको सम्भावना उच्च हुन्छ।

तपाई हामिले वैदेशिक रोजगारमा जानको लागि श्रम स्वीकृति (Labour Permit) अनिवार्य गर्नुपर्ने हुँन्छ । सरकारले तोकेको स्वीकृत म्यानपावर कम्पनी वा रोजगारदाताबाट मात्र श्रम स्वीकृति गर्न पाईन्छ । तपाईलाई कसैले तपाईको श्रम स्वीकृति गरिदिन्छु वा बैदेशिक रोजगारीमा जादा श्रम स्वीकृति गर्न पर्दैन भनेर आश्वासन देखाएमा विश्वास नगर्नुस बैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति अनिवार्य हो।यसैगरी तपाई वैदेशिक रोजगारमा जाँदा नेपालको दूतावासको सम्पर्क नम्बर, तथा अन्य सम्पर्क विवरणहरू सुरक्षित सँग राख्नुभएयो भने यदी तपाईलाई कतैवाट आकस्मिक अवस्थामा दूतावासको सहयोग लिन सकिन्छ।यसरी बैदेशिक रोजगारीमा जादा तपाई केहि मात्रामा ठगिनवाट जोगिन सक्नुहुने छ ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker