सनम सिंह ठकुरी आर्थिक विभागको उपाध्यक्ष पदमा नियुक्त
नेकपा एमाले सम्पर्क समन्वय कमिटी कर्णाली प्रदेशको चौथो पूर्ण बैठकले सनम सिंह ठकुरीलाई आर्थिक विभागको उपाध्यक्ष पदमा नियुक्त गरेको छ। ठकुरीले यो नियुक्तिलाई आफ्नो निरन्तर राजनीतिक योगदान र इमान्दारिताको कदरको रूपमा लिएका छन् र पार्टीप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
जाजरकोटको बारेकोट गाउँपालिकाको दुर्गम क्षेत्रबाट आएका आफुले सानैदेखि विभिन्न कठिनाइ र बाधाहरूको सामना गर्दै आफूलाई राजनीतिक यात्रामा समर्पित गर्दै आएका बताउछन् । १४ वर्षको आफ्नो राजनीतिक यात्रामा उनले हजारौं साथी भाइसँग सहकार्य गरेको र केहि नयाँ कुरा सिकेको त्यही कुराले राजनीति जीवनको ठूलो पाठशाला रहेको बताउँछन् । तर उनले थप भने, “राजनीतिले मलाई धेरै कुरा सिकायो। केहीले धोका दिएर पाठ सिकाए, केहीले माया गरेर, अनि केहीले व्यवहारिक र राजनीतिक दृष्टिकोणमा मार्गदर्शन गरेको बताए ।”
ठकुरीले आफूलाई दिइएको जिम्मेवारीलाई इमान्दारीपूर्वक निभाउने र प्रदेशका लागि अझै योगदान दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जालमार्फत् भनेका छन्, “मेहनतले प्राप्त हुने सानो उपलब्धिले पनि ठूलो खुसी दिने गर्छ। आर्थिक विभागको उपाध्यक्ष पदमा नियुक्त हुदा, कर्मले अप्रत्याशित फल दिने रहेछ भन्ने अनुभूति भएको ठकुरीले बताए आफु २०१० देखि २०२४ सम्मको आफ्नो राजनीतिक यात्रामा युवा, विद्यार्थी, र पार्टी राजनीतिमा निरन्तर सक्रिय रहेर विभिन्न भूमिकामा काम गरेको अनुभव पनि उल्लेख गरेका छन् ।