Banner NewsBanner news (with photo)ताजा समाचारदेशबि.बि.सि.राजनीति
संसदीय समितिमा सभापति चयन
![](https://shivalayatv.com/wp-content/uploads/2024/08/455365895_3740680422861287_6399314136480881559_n-780x470.jpg)
काठमाडौं-२९ । संघीय संसदका दुई संयुक्त समितिले बिहीबार नेतृत्व पाएका छन् ।
राज्यका सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन मूल्याङ्कन, अवलोकन समितिको सभापतिमा एमाले पाल्पाका सांसद ठाकुरप्रसाद गैरे र संसदीय सुनुवाइ समिति सभापतिमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने सर्वसम्मत चयन भएका छन् ।
उनीहरुलाई आज २०८१/०४/३१ गते बिहीबार नै प्रतिनिधी सभाका सभामुख सम्माननिय देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ गराएका छन् ।
तस्विरः मा.ठाकुर गैरेको सचिवालय