मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
श्री केशको आज विशेष पत्रकार सम्मेलन के हो वास्तविक श्री केश ? – Shivalaya TV
Banner NewsBanner news (with photo)अर्थतन्त्रताजा समाचारदेश

श्री केशको आज विशेष पत्रकार सम्मेलन के हो वास्तविक श्री केश ?

सप्तऋषि ओइल एण्ड कस्मटिक प्रा०लि० को म्यानेजिङ डाइरेक्टर"टीकाराम बुढाथोकी"ले श्री केशका बारेमा प्रस्ट पार्दैः

जेठ २८ काठमाडौं

सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रिले आज पत्रकार सम्मेलन गर्दै उक्त कम्पनीका  सप्तऋषि ओइल एण्ड कस्मटिक प्रा०लि० को म्यानेजिङ डाइरेक्टर”टीकाराम बुढाथोकी”ले श्री केशका बारेमा प्रस्ट पार्दै बुढाथोकीले भनेका छन् । यस पत्रकार सम्मेलनमा पाल्नु भएका सम्पूर्ण उपस्थित पत्रकार साथीहरू एवंम् देश विदेशमा छरिएर रहनु भएका सम्पूर्ण उपभोक्ताहरुलाइ म “टीकाराम बुढाथोकी” सप्तऋषि ओइल एण्ड कस्मटिक प्रा०लि० को म्यानेजिङ डाइरेक्टर (Managing director) को तर्फबाट हार्दिक स्वागत गर्दछु ।

पछिल्लो समयमा विभिन्न डिजिटल मिडिया एवम् सामाजिक सञ्जालमा यस सप्तऋषि ओयल एण्ड कस्मेटिकबाट उत्पादित श्री केश हेयर ओयलको बारेमा उठाइएका गुनासोहरूलाई आधार मानेर श्री केश हेयर ओयल उत्पादन, भण्डारण र गुणस्तरको बारेमा जानकारी गराउन अत्यावश्यक भएकोले यस पत्रकार सम्मेलनको आयोजना गरिएको जानकारी गराउनु भयो ।

श्री केश hair oil नेपाल सरकारको नीति र नियममा रहेर सम्बन्धित निकायबाट उत्पादन अनुमति प्राप्त कम्पनी हो । यस उत्पादनले ट्रेडमार्क समेत प्राप्त गरिसकेको छ । यस तेलमा प्रयोग गरिएका कच्चा पदार्थ तेल र जडीबुटीहरू कपालको सुरक्षा, पोषण र उपचारमा सहयोगी, गुणस्तरीय र उपयोगी रहेको जानकारी गराउँदछु । जसको बारेमा विभिन्न अध्ययन अनुसन्धानले पुष्टि गरिसकेको छ । यस कम्पनीले जडीबुटी सङ्कलक, किसान, जडीबुटी बिक्रेता उधोगमा काम गर्ने कर्मचारी, बिक्रीवितरणमा काम गर्ने कर्मचारी गरी सयौँ जनालाई प्रत्यक्ष एवम् अप्रत्यक्ष रूपमा रोजगारी प्रदान गरिरहेको यहाँहरुलाइ जानकारी गराउँदछु l

जडीबुटीको खेती, कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्दै देशको प्रमुख आयस्रोतको रूपमा रहेको जडीबुटीको क्षेत्रमा खोज, अध्ययन, अनुसन्धान एवं थप गुणस्तरीय वस्तुहरूको उत्पादन,स्वदेश एवं विदेशमा बिक्री वितरण गर्ने कम्पनीको भावी योजना रहेको छ । जसबाट बेरोजगारी घटाई गरिबी निवारण, पर्यावरण संरक्षण एवम् व्यापार घाटालाई कम गर्न समेत टेवा पुग्नेछ ।

जडीबुटीको क्षेत्रमा कार्य गर्ने सरकारी, गैरसरकारी निकाय, कृषक, सहकारी, निजी क्षेत्रहरुसंग सहकार्य गर्दै क्षमता अभिवृद्धि गरिनेछ । उच्च मूल्यका जडीबुटीको खेती, प्रशोधन, निर्यात, एवम् हिमाली क्षेत्रका बहुगुणी जडीबुटीहरूको अनुसन्धान जस्ता कार्यक्रम यस आर्थिक वर्षको बजेटमा समेत समावेश गरेकोमा हामी खुसी व्यक्त गर्दछौँ र यसलाई सरकारको सकारात्मक कदमका रुपमा लिएका छौँ ।

नेपाल सरकारबाट प्राप्त हुने सहुलियत कर्जा, अनुदान, प्राविधिक सहयोग, छुट एवं जडीबुटी खेती गर्ने आवश्यक जमिन प्राप्त हुनेछ भन्ने आशा लिएका छौँ । नेपाल सरकारबाट जडीबुटी खेतीको लागि आवश्यक जमिन प्राप्त भएमा छिट्टै तराई, पहाड र हिमाली क्षेत्रमा जडीबुटी खेती गर्ने कार्यक्रम कम्पनीको योजनामा रहेको जानकारी गराउँदछु ।

हाम्रो यस कम्पनीले नेपाली युवाको लगानीमा-नेपाली जडीबुटी प्रयोग गरी नेपाली बाटै उत्पादन गरी विश्वबजारमा नेपाली व्राण्ड चिनाउने र नेपाली कृषकहरूलाई आत्मनिर्भर बनाई नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई रोजगारीको अवसर सिर्जना गरी व्यापार घाटा कम गर्ने तथा नेपालको जडीबुटीलाई विश्वमा चिनाई नेपालको नाम उच्च राख्ने कार्य विगत देखी गर्दै आएको जानकारी गराउँदछौँ ।

साथै, आज यस कार्यक्रममा हाम्रो निमन्त्रणालाई स्वीकार गरी उपस्थित हुनुभएका सम्पूर्ण पत्रकार साथीहरूमा मेरो व्यक्तिगत तथा हाम्रो कम्पनीको तर्फबाट विशेष आभार प्रकट गर्न चाहन्छु ।

तपाईँहरूले हाम्रो यस कम्पनीलाई विश्वास गरी छोटो समयमै हामीलाई सम्पूर्ण नेपाली जनमा तथा विश्वबजारसम्म चिनाउन मद्दत गर्नुभएकोमा पुन एक पटक धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा पनि तपाईँहरूको सकारात्मक सहयोगको अपेक्षा सहित आभार प्रकट गर्दछु ।

यस कार्यक्रममा उपस्थित पत्रकार साथीहरू एवम् यस कार्यक्रमलाई हेरिरहनुभएका सम्पूर्ण उपभोक्ताहरूलाई श्रीकेश तेलको उत्पादन, भण्डारण र गुणस्तरको बारेमा यस श्रव्य दृश्य सामग्री हेर्नुहुन अनुरोध गर्दछु ।

कार्यक्रममा पत्रकारहरुले राख्नुभएको जिज्ञासा र प्रश्नहरुको जवाफ दिँदै कम्पनीका प्रवन्धक बुढाथोकीले देशका लागि देशमै बसेर देशका किसानहरुको आय आर्जन बढाउन आफुहरुले कार्य गर्दै आएको बताउनु भयो । उहाँले सबैको साथ सहयोगबाट श्रीकेश अहिलेको अवस्थामा आएको र आगामी दिनमा पनि सबैको साथ सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । नेपालको जडिबुटी नेपालमै प्रयोग हुने बातावरणको विकास गर्न सबैलाई अनुरोध समेत गर्नुभयो । यसैगरी कार्यक्रममा आयुर्वेद चिकित्सक डा सविन दवाडीले नेपाल सरकारी निकायहरुबाट आधिकारीक रुपमा प्रमाणीत गरिएको तेल रहेको प्रतिक्रिया दिनुभयो । उहाँले श्रीकेश तेल मानिसको कपालका लागि लाभदायक रहेको प्रतिक्रिया दिँदै बजारमा आएजस्तो भ्रममा नपर्न सबैलाई अनुरोध गर्नुभयो ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker