Banner NewsBanner news (with photo)खेलकुद
क्रिकेटर सन्दिप लामिछानेलाई दिएन अमेरिकाले भिसा
जेठ ९ , काठमाडौं । विश्वकप खेल्न अमेरिका जान लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिन आजै अस्वीकार गरेको छ ।
सन्दीपले जेठ ९ बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूलाई भिसा नदिएको सार्वजनिक गरेका छन् । अमेरिका र वेष्टइन्डिजमा हुने टी-२० विश्वकप क्रिकेटका लागि नेपालवाट अरु नेपाली खेलाडी अमेरिका गईसकेका छन् ।
बलात्कार मुद्दामा उच्च अदालत पाटनवाट सफाइ पाएपछि नेपाल क्रिकेट संघले उनलाई नेपाली टिममा समावेश गरेको थियो ।
तर अमेरिकाले भिसा नदिएपछि सन्दीप लामिछाने हाललाई नेपालमा नै रोकिएका छन् ।