मिति: २२ माघ २०८१, मंगलवार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
तीन दिने विद्यार्थी महोत्सव सम्पन्न – Shivalaya TV
Banner NewsBanner news (with photo)ताजा समाचारदेशराजनीति

तीन दिने विद्यार्थी महोत्सव सम्पन्न

३ जेठ, काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को जेठ १ गतेदेखि भएको तीन दिने विद्यार्थी महोत्सव सम्पन्न भएको छ ।

महोत्सवमा देशभरबाट एक लाखभन्दा बढी विद्यार्थी सहभागी भएको अनेरास्ववियुले जानकारी गराएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले महोत्सवमा सहभागीले सूचना, ज्ञान, मनोरञ्जन एकैसाथ प्राप्त गरेकोले विद्यार्थीमा सकारात्मक सञ्चार पैदा गरेको दाबी गरेको छ । अनेरास्ववियुको विद्यार्थी केन्द्रित महोत्सव थियो । एकै ठाउँबाट उनीहरूले सूचना, ज्ञान, मनोरञ्जन प्राप्त गरे र यसले विद्यार्थीहरूमा सकारात्मक सञ्चार पैदा गराउन गरेको छ ।’

महोत्सवमा करिब १५० वटा स्टल राखिएको थियो । ती स्टलबाट विद्यार्थीले आफ्ना रुचि अनुसारको सूचना तथा मनोरञ्जन लिएका छन् ।

विद्यार्थी भन्छिन् एकदम राम्रो आइडिया लाग्यो, यहाँबाट हामीले कति धेरै कुराको जानकारी लिएका छौं । यहाँबाट हामीले ज्ञान र मनोरञ्जन एकैसाथ पायौं ।’

यस्ता महोत्सवले विद्यार्थीलाई सिर्जनात्मक र महनती बन्न उत्प्रेरित गर्ने अर्का विद्यार्थी बताउँछन् । ‘हामी हाम्रो साथिहरु विद्यार्थीले नै बनाएको चीज हेर्न सकिन्छ जसले हामी पनि गर्न सक्छौ। अब हामी पनि बनाउँछु अथवा गर्छु भन्ने आत्मबल हुँदोरहेछ भन्छन विद्यार्थीहरु।

महोत्सवमा सबै तह, उमेरका विद्यार्थीहरुको सहभागी भएको अनेरास्ववियुले जनाएको छ । विचार, बहसमा रुचि भएकाहरूका लागि विभिन्न शीर्षकमा जानकारीमूलक बहसको आयोजना पनि गरेको थियो भने विद्यार्थी महोत्सवमा अनेरास्ववियुको बारेमा जानकारी दिने, लाइभ म्युजिक, करियर काउन्सिलिङ, युवा संसद्हरुको बहस, सांस्कृतिक प्रदर्शनी, रक्तदान तथा स्वास्थ्य शिविर राखिएको थियो ।

त्यस्तै गरी फुडस्टल, ई–गेमिङ प्रतियोगिता, पर्यटन भिजन, विश्वविद्यालयबारे जानकारी, कानुनी शिविर, लाइभ पेन्टिङ प्रतियोगिता, चलचित्र स्क्रिनिङ जस्ता कार्यक्रम भएको थियो ।

उक्त कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगाएतका  नेताहरुको समेत उपस्थिति रहेको थियो  ।

कार्यक्रम जेठ १ गतेदेखि आज जेठ ३ गते सम्म संचालन भएको थियो भने आज कार्यक्रम आज समापन भएको छ ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker