उपनिर्वाचनबाट बिजयी सुहाङ नेम्वाङको सफत ग्रहण आज
इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा बिजयी सुहाङ नेम्वाङले आज २०८० बैशाख १६ गते शपथ ग्रहण गर्दै छन् ।
सम्माननिय सभामुख देवराज घिमिरेले आज २६ गते बिहान ११ बजे निर्वाचित सुहाङ नेम्वाङलाई शपथ ख्वाउने र प्रतिनिधि सभा सदस्यको लोगो लगाइदिने छन् ।
१५ वैशाखमा भएको उपनिर्वाचनबाट नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका थिए ।
अघिल्लो निर्वाचनमा इलाम २ बाट सुहाङका बुवा सुवास चन्द्र नेम्वाङ विजयी भएका थिए । तर उनको गत वर्ष भदौमा हृदयघातबाट निधन भएको थियो।
काठमाडौंको बालुवाटर बस्ने उनलाई हृदयघात भएपछि महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो।
नेकपा एमालेले सुवास चन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई चुनावका लागि छनौट गरेको थियो । नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले पछि पार्दै सुहाङ नेम्वाङलेले उपनिर्वाचनमा जित हासिल गरेका थिए ।
आजै सुहाङ् नेम्वाङको शफथ ग्रहण गर्ने भएका छन् ।
तस्विर बालकोटः- फेसबुक पेज