Banner NewsBanner news (with photo)देशस्वास्थ्य
भिटामिन ‘ए’ खुवाउने आज दोस्रो दिन
काठमाडौंः- नेपाल सरकारले वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने राष्ट्रिय अभियान सञ्चालन गरेको छ ।
हिजो ६ गते र आज भिटामिन ‘ए’ खुवाउने अन्तिम दिन ७ गते नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक सूचना जारी गर्दै यही वैशाख हिजो ६ र आज ७ गते भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गरेको हो ।
सो खोप भिटामिन ‘ए’ लगाउन छुटेको बालबालिकालाई खोप पनि लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ ।
खोपले रोग प्रतिरोधात्मक क्षमताको विकास गर्ने हुँदा सबै बालबालिकालाई नियमित खोप लगाउनसमेत मन्त्रालयले उल्लेख गरेको छ ।