मिति: २४ माघ २०८१, बिहीबार | इमेल: shivalayatv@gmail.com | फोन: +977 984-1357267
लोसपा छाड्दै नयाँ अभियानको घोषणागर्दै नेता महताे ? – Shivalaya TV
देशमधेस प्रदेशराजनीति

लोसपा छाड्दै नयाँ अभियानको घोषणागर्दै नेता महताे ?

काठमाडौं, फागुन १४ ।  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बिभाजन भएको छ । बरिष्ठ नेता राजेन्द्र महतोले अध्यक्ष महन्थ ठाकुरको कार्यशैलीप्रति असहमति जनाउँदै आज सो पार्टी त्यागेसँगै लोसपा बिभाजित बनेको हो ।

नेता महतोले लोसपा छाड्दै नयाँ अभियानको घोषणा गर्नुभएको छ । काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै उहाँले महन्थ ठाकुरसँग अलग्गिएर ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा गर्नुभएको हो । महतोले बहुल राष्ट्रिय राज्य बनाउने आफ्नो अभियान रहेको भन्दै लोसपा त्यागेर नयाँ अभियान अघि बढाउने घोषणा गर्नुभयो ।

महतोले बहुल राष्ट्रिय राज्यको नारा दिए पनि सत्ता गठबन्धनको असरका रुपमा लोसपा बिभाजित बनेको हो । लामो समयसम्म सरकारमा जान चाहनुभएका महतोलाई ठाकुर र प्रधानमन्त्री पुष्पकमल दाहालले रोकेपछि पार्टी नै बिभाजन गरी नयाँ बाटो लिनुभएको उहाँ निकट नेताहरुले बताएका छन ।

यद्यपी महतोले आफ्नो नयाँ अभियान भएको जिकिर गर्नुभएको छ । यो अभियानले पार्टीको निर्माणदेखि सबै संरचना तयार गर्ने भन्दै लोसपा, जसपालगायतका सवै पार्टीका नेताहरुका लागि खुल्ला रहेको महतोले बताउनु भयो ।

महतो यसअघि लोसपाका वरिष्ठ नेता हुनुहुन्थ्यो । जसपा विभाजनपछि ठाकुर, महतोलगायत मिलेर लोसपा बनाउनु भएको थियो । तर, पार्टीले गति लिन नसकेको भन्दै उहाँले ठाकुरको आलोचना गर्दै आउनु भएको छ ।

Shivalaya TV

Shivalaya TV is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker