नागढुङ्गा सुरुङ्गमार्ग औपचारीक रुपमा उद्घाटन
नेपालीको बिकासको सपना पुरा हुँदै

काठमाण्डाै, साउन ११, पूर्वाधार विकासमन्त्री सुनील लम्साल र जाइकाका अध्यक्ष डा. तानाका अकिहितोले संयुक्त रूपमा आज नागढुङ्गा–सिस्नेखोला सुरुङ्मार्गको उद्घाटन गर्नुभएको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कार्तिक ४ मा सुरुङ्ग निर्माणको शिलान्यास गरेका थिए। यद्यपी शिल्यान्याश गर्नेक्रममा ओलीको नाम लेखिएको शिलालेख अहिले नियतबस हटाइएको भन्दै आलोचना भएको छ। सोही विषयलाई लिएर उद्घाटन कार्यक्रममा पूर्वाधार विकासमन्त्री लम्सालले नागढुङ्गा सुरुङमार्गको शिलान्यासका क्रममा राखिएको शिलालेख पुनर्स्थापना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मन्त्री लम्सालले ‘हराएको शिलालेख खोजेर पुनर्स्थापना गर्छौं’ भन्दै उद्घाटनपछि सुरुङमा गाडी चलाउनु भएको छ ।

४२ महिनामा निर्माण सम्पन्न हुनुपर्ने प्रारम्भिक सम्झाैता भएतापनि कोभिड–१९, स्थानियको जग्गा मुआब्जा लगाएतका विवादले निर्माणमा ढिलाइ हुन पुगेको थियो ।




