Banner NewsBanner news (with photo)English NewsUncategorizedअर्थतन्त्रअर्थव्यवस्थाकर्णाली प्रदेशकृषिकोशी प्रदेशगण्डकी प्रदेशजिवनशैलीताजा समाचारदेशमधेस प्रदेशमुख्य समाचारराजनीतिलुम्बिनी प्रदेशवाग्मती प्रदेशसुदूरपश्चिम प्रदेशसूचना / प्रबिधि
असार १५ : राष्ट्रिय धान दिवस र किसानका पीडा
दही चिउरा र असार पन्ध्रको छुट्टै महत्व

काठमान्डाै, असार १५
असार १५ अर्थात् राष्ट्रिय धान दिवस नेपाली किसानहरूको मेहनत, पसिना र कृषि संस्कृतिको प्रतीकका रूपमा मनाइने गरिन्छ। धान रोपाइँको रमाइलो, हिलो खेल्ने परम्परा र दही–चिउरा खाने संस्कृतिले यो दिनलाई विशेष बनाएको छ। तर उत्सवको चमकभित्र किसानका अनेकौं पीडाहरू लुकेका छन्। समयमा मलखाद र बीउको अभाव, सिँचाइ सुविधाको कमी, कृषि सामग्रीको बढ्दो मूल्य तथा प्राकृतिक विपत्तिका कारण किसानहरू वर्षेनी समस्यामा पर्ने गरेका छन्।

देशको अर्थतन्त्रको मुख्य आधार कृषि भए पनि किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन सकेका छैनन्। बिचौलियाको दबाब, बजारको अनिश्चितता र सरकारी नीतिको प्रभावकारी कार्यान्वयन नहुँदा किसान निराश बन्दै गएका छन्। राष्ट्रिय धान दिवस केवल औपचारिक कार्यक्रम र उत्सवमा सीमित नरही किसानका वास्तविक समस्या समाधान गर्ने अवसर बन्नुपर्छ। किसानको सम्मान, उत्पादनको उचित मूल्य र कृषि क्षेत्रमा आवश्यक लगानी सुनिश्चित गर्न सके मात्र असार १५ को वास्तविक महत्त्व स्थापित हुनेछ।
तथापी असार पन्ध्र दहि चिउरा खाने दिन अर्थात राष्ट्रिय धान दिवसको सबैमा शुभकामना ।



